दफा ७क
स्वीकृति लिई प्रचार प्रसार गर्न सकिने

(१) कुनै व्यक्तिले कुनै पदार्थ नेपाल गुणस्तर अनुरुप छ भनी प्रचार प्रसार गर्न चाहेमा त्यस्तो व्यक्तिले कार्यालयको स्वीकृति लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वीकृति लिन चाहने व्यक्तिले कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कुनै निवेदन पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रचार प्रसार गर्न पाउने गरी स्वीकृति दिन सक्नेछ।